१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सिराहामा प्रथम धनगढीमाई प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:१५:oo

सिराहाको धनगढीमाई जिरोमाइलमा प्रथम धनगढीमाई प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । धनगढीमाई नगरपालिका- ९ जिरोमाइलस्थित निर्मल लामा स्मृति कभर्डहलमा माघ ११, १२ र १३ गते मधेश प्रदेशका आठवटै जिल्लाका खेलाडीको सहभागितामा प्रतियोगिता हुन लागेको हो । 

तेक्वान्दोका प्रशिक्षक पूर्ण योञ्जनका अनुसार प्रतियोगितामा मधेश प्रदेशअन्तर्गतका हरेक जिल्लाबाट एक–एकवटा गरी आठ र आयोजक धनगढीमाई तेक्वान्दो डोजाङकाे एक गरी नाै टिमको सहभागिता रहनेछ ।

पुरुषतर्फ ३०–६३ केजी तौल समूह र महिलातर्फ ३०–५१ केजी तौल समूहबीच प्रतिस्पर्धा रहने प्रतियोगितामा एक सय १७ पुरुष र ७३ महिला खेलाडी सहभागी हुने उनले बताए । धनगढीमाई नगरपालिकाको प्रायोजन, नगरस्तरीय तेक्वान्दो विकास समिति धनगढीमाईको आयोजना तथा जिल्ला तेक्वान्दो कार्य समितिको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । 
 

ad
ad