१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o५:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : माटोको प्रेरणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o५:५५:oo

त्यतिवेला भारतमा स्वतन्त्रता संग्रामको आगो दन्किरहेको थियो । स्वतन्त्रता संग्रामकै दौरान जब जलियानवाला बागमा जनरल डायरले हजारौँ निर्दोष भारतीयमाथि गोली बर्साएका थिए । उनको आक्रमणबाट मारिने निर्दोष सर्वसाधारणको रगतले त्यहाँको धर्ती पूरै लतपतिएको थियो । त्यो संग्रामलाई एक बालकले पनि नजिकबाट नियालिरहेका थिए । उनी अंग्रेजको कुनै पनि अत्याचार सहन सक्दैनथे । उनी हरहमेसा स्वतन्त्रताबारे सोचिरहेका हुन्थे । त्यतिवेला भगतसिंहको उमेर केवल १२ वर्षको थियो । 

जलियनवाला बागमा नरसंहार भएको अर्को दिन भगतसिंह घरबाट स्कुल जानका लागि हिँडे । तर, उनी स्कुल गएनन् । उनी सीधै जलियानवाला बागमा पुगे । त्यहाँको धर्ती सहिदहरूको रगतले अझैसम्म रातो थियो । त्यो सब देखेपछि उनी त्यहीँ थचक्क बसे । एकैछिनमा उनी एउटा सिसीमा रगतमा लतपतिएको माटो भर्न थाले । माटो भरेर सिसी गोजीमा राखेपछि उनी घन्टौँ त्यहीँ बसेर के–के के–के सोचिरहे । जब उनको ध्यान भंग भयो, तब साँझ परिसकेको थियो । स्कुलमा पहिल्यै छुट्टी भइसकेको थियो । जब उनी ढिलो घर पुगे, तब उनकी दिदीले सोधिन्, ‘बाबु, तिमी किन यति ढिलो घर आएको ? तिम्रो स्कुल त अघि नै छुट्टी भएको थियो होइन र ?’ ‘हो दिदी ! तर, म त आज स्कुल नै गइनँ । म त जलियानवाला बाग गएको थिएँ ।’ दिदीलाई यति भनेर उनले गोजीबाट त्यो सिसी निकाले ।

उनको गोजीबाट निस्केको सिसी देखेपछि दिदीले प्रश्न गरिन्, ‘त्यो सिसीमा के छ बाबु ? रातोरातो पनि देखिन्छ ।’ ‘यो हाम्रो देशका सहिदको रगतले भिजेको माटो हो दिदी !’ भगतसिंहले जवाफ दिए । ‘रगतले भिजेको माटो रे ! यो किन ल्याएको त तिमीले ? अनि यसले के हुन्छ ?’ दिदीले फेरि प्रश्न गरिन् । भगतसिंहले सिसी बलियो गरी समाउँदै दृढतापूर्वक भने, ‘दिदी, यसबाट मलाई देशका लागि लड्ने प्रेरणा प्राप्त हुन्छ ।’ अन्ततः त्यही प्रेरणाको परिणामस्वरूप पनि उनी हाँसीहाँसी मातृभूमिका लागि सहिद भए ।

ad
ad