१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Monday, 12 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

टेरामक्सदेखि एमडिएमएस खरिदमा विवादित, ६ महिना कार्यकाल बाँकी हुँदै राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार १३:११:oo

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। मंगलबार खनालले राजीनामा बुझाएका हुन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मामार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष उनले राजीनामा बुझाएकाे मन्त्रालय स्रोतले जानकारी दियाे। 

उनको कार्यकाल अझै ६ महिना बाँकी छ। उनी ०७६ साउनमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए।

पछिल्लाे समय टेरामक्सदेखि एमडिएमएससम्मकाे खरिदमा उनकाे भूमिका विवादित छ। जसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले छानविन गरिरहेकाे छ।