१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १३:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

विराटनगरका उद्यमीहरूलाई डिजिटल वित्तीय साक्षरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:o९:oo

एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएड)सँगको सहकार्यमा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।

उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउन कार्यक्रम केन्द्रित थियो।

सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट एक सय १० भन्दा बढी सहभागी सक्रिय रूपमा छलफलमा संलग्न थिए। एनएमबि बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

ad
ad