१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष २३ सोमबार १५:३४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

राष्ट्रिय सभाका लागि सुदूरपश्चिमबाट एमालेको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
२०८० पौष २३ सोमबार १५:३४:००

राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिममा नेकपा एमालेका तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्।

एमालेबाट राष्ट्रिय सभा सदस्यमा ‘अन्य’तर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, ‘महिला’तर्फ कैलालीकी सावित्रीदेवी घिमिरे र ‘अपांगता’तर्फ कैलालीका रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।

राष्ट्रिय सभा सदस्यका तीनैजना उम्मेदवार पार्टीका नेता, कार्यकर्तासहित मनोनयन दर्ताका लागि धनगढीस्थित राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

एमालेअघि सत्तागठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए। सुदूरपश्चिमबाट रिक्त हुने तीन राष्ट्रिय सभा सदस्य चयनका लागि आगामी महिना ११ गते निर्वाचन हुनेछ।