१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
Invalid date format १२:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रेसुंगामा बृहत् सरसफाइ अभियान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१६:oo

गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसुंगाको बृहत् सरसफाइ गरिएको छ। रेसुंगा पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म सरसफाइ तथा मुख्य विश्राम स्थलमा कुहिने, नकुहिने र धातुजन्य फोहोर संकलनको स्ट्यान्डसहित ११ सेट (३३)थान डस्टविन वितरण गरिएको हो।

शुभलक्ष्मी फर्मा एन्ड क्लिनिकले आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ तथा फोहोर संकलन सामग्री वितरण गरेको संस्थाका संस्थापक अध्यक्ष होमबहादुर पल्ली थापाले जानकारी दिए। सबैको धार्मिक आस्था र भरोसाको केन्द्रको विकासमा टेवा पुर्‍याउने हिसाबले आफूहरूले सहयोग गरेको पल्लीले बताए। 

त्यस्तै दर्शनार्थीहरू यज्ञशालासम्म पुग्दा विश्राम गर्न पाँचसिटे चार थान फलामको बेच्न र यज्ञशालाका पुजारी र गुरुहरूलाई हटवाटर ब्याग प्रदान गरिएको पल्लीले बताए। ‘रेसुंगा सबैको पहिचान हो। सके सफा गरौँ नसके फोहोर नगरौँ,’ पल्लीले भने, ‘धार्मिक तथा पर्यटकीय सम्पदाको जगेर्ना गर्ने सबैको दायित्व हो।’ 

उनले रेसुंगा क्षेत्रमा आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। संस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा कार्यसम्पादन र मूल्यांकनको आधारमा उत्कृष्ट कर्मचारीको रूपमा नीराजन अधिकारी, रविकान्त तिवारी र पवित्रा नेपालीलाई प्रमुख अतिथि रेसुंगा नगरपालिकाको उपमेयर अमृतादेवी कुँवर र संस्थाका अध्यक्ष होमबहादुर थापा पल्लीले पुरस्कृत गरेका थिए।

साथै क्लिनकलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघसंस्था र व्यक्तिहरूलाई सम्मान गरिएको संस्थाका म्यानेजर राजेन्द्र विश्वकर्माले जानकारी दिए। 

विश्वर्माका अनुसार संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत नै समुदायस्तरमा विभिन्न रोगको निःशुल्क स्क्रिनिङ क्याम्प तथा स्वास्थ्य शिविरहरू, सामाजिक संघ/संस्थाहरूका लागि प्राथमिक उपचार कक्षहरू स्थापना, विपन्न नागरिकलाई निःशुल्क उपचार तथा विपत् पीडितहरूका लागि सहयोग गरिरहेको छ। 

रेसुंगा संरक्षण समिति अध्यक्ष सुरेशचन्द्र भुसालले शुभलक्ष्मी फर्माले जस्तै हरेक संस्थाहरूले आफ्नो सामाजिक दायित्वअन्तर्गत रेसुंगामा सहयोग गर्न आग्रह गरे। उनले सहयोगी फर्माले व्यावसायिक धर्म रेसुंगामा गरेकोमा हार्दिक आभार प्रकट गरे।