मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायाधीश नियुक्तिबारे पूर्वप्रधानन्यायाधीशकाे टिप्पणी- हलुवाबेद रोपेर सुन्तला फल्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको प्रक्रिया बेठीक रहेको बताएका छन्। काठमाडौं विश्वविद्यालयमा नेपाली कानुनी साहित्य समितिद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

कार्कीको नेतृत्वमा रहेको समितिले न्यायालयभित्रका विकृति–विसंगति सम्बन्धमा दिएको प्रतिवेदनउपर छलफल गर्ने क्रममा बिहीबार उनले ‘हलुवाबेद रोपेर सुन्तला खोज्दा नपाइने’ टिप्पणी गरे।

न्यायाधीश नियुक्तिदेखि न्याय सम्पादनसम्म राजनीतिक हस्तक्षेप हुँदा न्यायपालिकाको अवधारणामा आघात पुग्ने कार्कीको भनाइ थियो।

न्यायाधीश नियुक्तिको प्रक्रिया सुधार्न सके न्यायप्रणाली सुध्रिने उनको भनाइ थियो। राम्रो संस्कारमा अडिग रहन सके न्यायालय शुद्धीकरण हुन सक्ने उनको धारणा थियो। 

न्यायालयमा राजनीतिक हस्तक्षेप हुन नहुने भन्दै उनले प्रजातन्त्र न्यायिक स्वतन्त्रतामा भर पर्ने बताए। नागरिकको अभिभावक रहने न्यायालय महत्वपूर्ण अंग भएकाले यसको निष्पक्षताको रक्षा सबैको दायित्व हुने उनको भनाइ थियो। 

निर्देशित न्यायालयले प्रभावकारी न्याय सम्पादन गर्न नसक्ने भएकाले निष्पक्षता अपरिहार्य रहेको मन्तव्यका क्रममा उनले बताए। न्याय सम्पादनमा ‘करप्ट जज’ भन्दा ‘फ्रस्टेड जज’ बढी खतरनाक हुने उनले बताउँदै न्यायाधीशले नागरिकको विश्वास आर्जन गर्न सक्नुपर्ने धारणा राखे।