१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार २o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपालले चीन र भारतसँग प्रतिस्पर्धा गर्न सक्ने बजार पर्यटन मात्रै हो : वर्षमान पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार २o:१८:oo

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालले चीन र भारतसँग पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्। 

बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले चीनबाट वार्षिक दश करोड तथा भारतबाट वार्षिक पाँच करोड पर्यटकले विभिन्न देशको भ्रमण गर्ने गरेको चर्चा गर्दै उनले ती दुई देशबाट नेपालले बढीभन्दा बढी पर्यटक भित्र्याउन पहल गर्नुपर्ने बताए। 

‘हामीले ठूला–ठूला उत्पादन गरेर चिनियाँ बजारमा वा भारतीय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौँ। प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र पर्यटन हो,’ उनले भने, ‘त्यही हुनाले यो सम्भावनालाई लिएर अघि बढ्नुपर्दछ।’ विवाहको सिजनमा भारतीय सीमाक्षेत्रका क्यासिनो वा मिनी क्यासिनो असाध्यै चल्ने गरेको पाइएको पनि उनले चर्चा गरे। ‘युपी र बिहारमा मदिरा निषेध गरेको छ। यतातिर यसलाई नियन्त्रित रूपले चलाउन सकिन्छ,’ उनले थपे। 

उपमहासचिव पुनले भारतीय पर्यटकका लागि सीमानाकाका होटेलहरू वैवाहिक सिजनमा चलायमान बनाउने र आकर्षक बनाउनुपर्ने सुझाव दिए। 

ad
ad