१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
तस्बिर : एपी
रासस याङ्गुन
२o८१ जेठ ३ बिहीबार १४:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

स्वतन्त्रता दिवसमा म्यानमारमा नौ हजारभन्दा बढी कैदीलाई माफी

Read Time : < 1 मिनेट
रासस, याङ्गुन
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:१९:oo

म्यानमारको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीको जेल सजाय माफी गरेको छ।

म्यानमारका नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यानमारको कानुनको प्रावधानबमोजिम सजाय मिनाहा गरिएको आदेशमा उल्लेख छ।

गत वर्ष देशको स्वतन्त्रता दिवसको ७५औँ वर्षगाँठमा सात हजार १२ कैदीलाई आममाफी दिइएको थियो।

सन् २०२३ अगस्ट १ मा म्यानमारको दोस्रो वासो चन्द्र महिनाको पूर्णिमाका दिन पर्ने बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व धम्मकाक्का दिवसको उपलक्ष्यमा सात हजारभन्दा बढी कैदीबन्दीलाई आममाफी दिएको थियो।

म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरी सन् २०२१ को फेब्रुअरी १ मा सैनिक शासन सुरु भएको थियो। सन् २०२१ को सैन्य विद्रोह र त्यसपछिको ‘कु’ विरोधी प्रदर्शनमा भएको हिंसात्मक दमनको प्रतिक्रियामा ‘स्प्रिङ रिभोलुसन’ र ‘पिपुल्स डिफेन्सिभ वार’को नाममा म्यानमारमा प्रजातन्त्र पुनः बहालीका लागि आन्दोलन चलिरहेको छ।

देशका अधिकांश भू–भागलाई सेनाको नियन्त्रणमा राखेको, सैनिक सरकारले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका सयौँ नेता तथा हजारौँ कार्यकर्ताविरुद्ध भ्रष्टाचार र राज्यविरोधी गतिविधि गरेको अभियोगमा सुरक्षा नियन्त्रण, हिरासत वा जेलमा राखिएको छ।

ad
ad