Skip This
टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format १४:२९:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरु

दुर्घटनाका कारण तीन सयभन्दा बढी उडान प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२९:oo

जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुवाहक विमान एक–आपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जापानको यातायातसम्बद्ध अधिकारीले बताएका छन् ।

दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने तीन सयभन्दा बढी उडान रद्द भएका थिए । 

हवाईजहाज, रेल र पानीजहाजमा भएका गम्भीर दुर्घटनाको अनुसन्धान गर्ने सरकारी निकाय जापान यातायात सुरक्षा बोर्डले बुधबार दिउँसो विमानको भग्नावशेषको जाँच गरेको छ भने प्रहरीले पनि दुर्घटनास्थलको निरीक्षण गरेको थियो ।

सुरक्षा बोर्डले सामुद्रिक सुरक्षा गार्डको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू भेट्टाएको र होक्काइदो प्रान्तको न्यु चिटोस विमानस्थलबाट उडेको जापान एयरलाइन्सको विमानको फ्लाइट र भ्वाइस रेकर्डरहरू खोजी गरिरहेको स्थानीय सञ्चारमाध्यमहरू अधिकारीहलाई उद्धृत गरी जनाएका छन् । 

‘हनेदा एयर ट्राफिक कन्ट्रोलरले दुर्घटना हुनुअघि यात्रुवाहक विमानलाई धावनमार्गमा अवतरण गर्न अनुमति दिएका थिए र कोस्ट गार्ड विमानलाई छोटो समयका लागि धावन मार्गमा पर्खिन निर्देशन दिएका थिए,’ जापानको यातायात मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारणकर्ता एनएचकेले जनाएको छ ।

जापानको राष्ट्रिय समाचार एजेन्सी क्योदोले जापान एयरलाइन्सलाई उद्धृत गर्दै भनेको छ, ‘विमानका चालक दलका सदस्यले एयर ट्राफिक कन्ट्रोलको पुष्टि भएपछि अवतरण प्रक्रिया अघि बढाएको र उडानका क्रममा विमानमा कुनै असामान्यता नभएको बताएका थिए ।’

दुर्घटनाका कारण विमानस्थलका सबै धावनमार्ग केही घन्टाका लागि बन्द गर्नुपरेको थियो जसका कारण हनेदाबाट आउने र जाने २२६ उडान रद्द भएका थिए, जसका कारण ४० हजारभन्दा बढी यात्रु प्रभावित भएका थिए ।

 बुधबार तीनवटा धावनमार्ग खुला गरिए पनि दिनभरि करिब सयवटा उडान बन्द हुने अनुमान गरिएको छ, जसका कारण १९ हजार यात्रुको यात्रा योजना प्रभावित हुनेछ ।

स्थानीय समयअनुसार मंगलबार साँझ ६ बजे एआरएल फ्लाइट ५१६, एयरबस ए–३५० हानेदाको सी–रनवेमा अवतरण गर्ने क्रममा कोस्ट गार्डको विमान एमए–७२२ र बम्बार्डियर ड्यास–८ दुर्घटना हुँदा दुवै विमानमा आगो लागेको थियो । 

मंगलबार टेलिभिजन फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा गुडिरहेको वेला त्यसको छेउबाट ठूलो मात्रामा आगो लागेको देखिएको थियो । त्यसपछि विमानको पखेटा वरपरको क्षेत्रमा आगो लागेको थियो । 

त्यसको एक घन्टापछि देखिएको फुटेजमा विमान आगोले जलेको देखिएको छ । एमए–७२२ विमानमा सवार चालक दलका ६ सदस्यमध्ये पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ भने दुर्घटनापछि विमानबाट उम्कन सफल क्याप्टेन गम्भीर घाइते भएका छन् ।

कोस्ट गार्डका प्रवक्ता योसिनोरी यानागिसिमाका अनुसार मध्यजापानमा सोमबार अपराह्न ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि हनेदा विमानस्थल बेससँग सम्बन्धित कोस्ट गार्डको विमान निगाता प्रान्तको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री ढुवानी गर्न धावनमार्गमा बिस्तारै गुडिरहेको थियो । 

यात्रुवाक विमानमा सवार सबै ३६७ यात्रु र चालक दलका १२ सदस्य विमानबाट उम्कन सफल भएका छन् । टोकियोको दमकल विभागका अनुसार दुर्घटनापछि आगो निभाउन आठ घन्टाभन्दा बढी समय लागेको थियो ।