१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिएनआई र एमच्यामबीच लगानी बढाउन सहकार्य गर्ने सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:४o:oo

नेपाल उद्योग परिसंघ (सिएनआई) र अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)बीच लगानी अभिवृद्धि तथा नेपाल–अमेरिकाबीच व्यावसायिक वातावरण सुदृढ गर्न र सहकार्य गर्न सम्झौता भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष निर्मलकाजी श्रेष्ठले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार दुई संस्थाल नेपाल–अमेरिकाका उद्यमीबीच सम्पर्क बिन्दुका रूपमा काम गर्नेछन् । साथै, संस्थाले नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्तालाई लगानीसम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्य पूरा गर्न नीतिगत सुधारको वकालत गर्ने कार्यमा सहकार्य गर्ने र नेपालमा अमेरिकी लगानी बढाउन रणनीति सञ्चालन गर्नेछन् । बजारमा आधारित वित्तीय र गैरवित्तीय सेवामा पहुँच बढाउन आइटी क्षेत्रका लागि लगानी र व्यवसाय वातावरण सुधारमा काम गर्ने पनि सम्झौतापत्रमा उल्लेख छ । 

परिसंघ अध्यक्ष अग्रवालले यो सहकार्यले नेपाल र अमेरिकालाई व्यावसायिक रूपमा जोड्न पुलका रूपमा काम गर्ने बताए । ‘सम्झौतापछिको सहकार्यले ज्ञान र सीपका आदानप्रदान, नवप्रवर्तन तथा नयाँ सहकार्यका बाटो खुला गर्ने, विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्ने, विदेशी लगानी आकर्षित गर्न औद्योगिक विकासका लागि योगदान गर्न मद्दत गर्छ,’ अध्यक्ष अग्रवालले भने ।

त्यस्तै, एमच्यामका अध्यक्ष श्रेष्ठले उद्योगीहरूको साझा संस्था परिसंघको सहकार्यले अमेरिकी लगानी अभिवृद्धि गर्दैै मुलुकको अर्थतन्त्र विकासका लागि प्रभावकारी रूपमा काम गर्ने बताए ।

ad
ad