१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० पौष १७ मंगलबार १६:५५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

राष्ट्रिय सभा उम्मेदवारमा माओवादीद्वारा सुदूरपश्चिमबाट २१ जनाको नाम सिफारिस

Read Time : < 1 मिनेट
२०८० पौष १७ मंगलबार १६:५५:००

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि २१ जनाको नाम सिफारिस गरेको छ।

माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराईका अनुसार खुलामा नौजना तथा अपांगता र महिलाबाट ६–६ जनाको नाम प्राथमिकता क्रमअनुसार सिफारिस गरेर केन्द्रमा पठाइएको हो।

माओवादीले प्रदेशबाट खुलातर्फ देवराज रेग्मी (बझाङ), टीकाराम जैसी (कैलाली), दीपक साउद (अछाम), देवीलाल चौधरी (कञ्चनपुर), लालबहादुर सोडारी (कैलाली), लक्ष्मणदत्त जोशी (दार्चुला), दुर्गा अधिकारी (कैलाली), गोविन्द तिमिल्सिना (कैलाली) र लोकेन्द्र लम्साल (कञ्चनपुर)को नाम सिफारिस गरेको छ । खुलातर्फ रेग्मी, जैसी र जोशीमध्ये एउटाले टिकट पाउने सम्भावना रहेको बताइएको छ ।

त्यस्तै, अपांगतातर्फ गम्भीर थापा (बझाङ), जितबहादुर करिया कंग्रहुवा (कञ्चनपुर), प्रेम बयक (कैलाली), दीपेन्द्र रावल (अछाम), जंगबहादुर विक (डोटी) र सञ्जय कट्टेल (बाजुरा) को नाम सिफारिस गरिएको कार्यालय सचिव भट्टराईले जानकारी दिए । 

महिलातर्फ रेनु चन्द (बैतडी), सरु चौधरी (कैलाली), मोतीकला चलाउने (अछाम), अञ्जिता श्रेष्ठ (डोटी), लीला कुँवर (दार्चुला) र विमला सिंह (कैलाली) को नाम सिफारिस गरिएको माओवादी प्रदेश कार्यालयले जनाएको छ । माओवादीका एक नेताका अनुसार अपांगतातर्फ थापा र महिलातर्फ चन्दले टिकट पाउने सम्भावना छ । सुदूरपश्चिमबाट खुला, अपांगता र महिलामा एक–एक गरी तीन राष्ट्रिय सभा सदस्यका लागि आगामी महिना निर्वाचन हुनेछ । सत्तागठबन्धनबीच सिट बाँडफाँट भने भइसकेको छैन ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका तीनजनाको पदावधि आगामी फागुनमा सकिँदै छ । माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी ‘उत्सव’ (कैलाली) र महेशकुमार महरा (डडेल्धुरा) तथा नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो ।