Skip This
नयाँ वर्षमा घुम्न गएका एक पुरुषको ओखलढुंगामा लेक लागेर मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १७ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o पौष १७ मंगलबार ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ वर्षमा घुम्न गएका एक पुरुषको ओखलढुंगामा लेक लागेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १७ मंगलबार ११:५५:oo

ओखलढुंगामा लेक लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको खिजीदेम्बा गाउँपालिका– ३ खिजीचण्डेश्वरीका ५३ वर्षीय जितबहादुर सुनुवारको लेक लागेर सोमबार मृत्यु भएको हो। 

अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन घरबाट साथीहरूसँग घुम्न निस्केका सुनुवारलाई पिके जाने क्रममा सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने खिजीदेम्बा- ९ भुलभुलेमा लेक लागेको थियो। 

लेक लागेर एक्कासि बेहोस भई ढलेका सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए। सुनुवारसहित खिजीदेम्बाका युवाहरू नयाँ वर्षको अवसर पारेर यस क्षेत्रकै प्रमुख पर्यटकीय क्षेत्र थोलेदेम्बा, भुलभुले हुँदै पिकेडाँडासम्मको यात्रामा थिए। 

घुम्न हिँडेमध्येका एकजनाको बाटैमा मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट खटिएको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। कठ्याँग्रिँदाे चिसोका कारण लेकाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ।