१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

सन् २०२३ : जनसंख्यामा चीनविरुद्ध भारतको बाजी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:५६:oo

सन् २०२३ मा चीनलाई उछिनेर भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको रूपमा स्थापित भएको छ। पछिल्लो शताब्दीमा चीन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश रहेको थियो।

अहिले भारतको जनसंख्या एक अर्ब ४३ करोड रहेको अनुमान गरिएको छ। सम्भवतः भारत यो शताब्दीको दशकौँसम्म सबैभन्दा बढी जनसंख्या भएको देश रहिरहनेछ।

चीनको जनसंख्या भने घट्दै गएको र पाका उमेरका नागरिकको संख्या बढ्दो देखिएको छ। जनसांख्यिकविद्हरूका अनुसार शताब्दीको मध्यसम्ममा चीनको जनसंख्या १० करोडले घट्नेछ वा अहिले संसारका १५ बाहेक सबै देशको जनसंख्याभन्दा बढी हुनेछ।

सोही अवधिमा चीनको औसत आयु ३९ वर्षबाट बढेर ५१ वर्ष पुग्नेछ। यसबीच भारतको जनसंख्या मध्य शताब्दीसम्ममा करिब १.७ अर्ब पुग्नेछ र यसको औसत आयु ३९ वर्ष हुनेछ।

ad
ad