१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०८० पौष १५ आइतबार १४:३१:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्यका लागि कांग्रेस मधेशद्वारा सातजनाको नाम सिफारिस

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०८० पौष १५ आइतबार १४:३१:००

नेपाली कांग्रेस मधेश प्रदेशले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि सातजनाको नाम सिफारिस गरेको छ।

कांग्रेस मधेश प्रदेश कार्यसमितिको बैठकले राष्ट्रिय सभा सदस्यका लागि सातजनाको नाम प्राथमिकता निर्धारण गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाएको हो।

पार्टीको प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा आइतबार बिहान बसेको बैठकले वरिष्ठता, कार्यक्षमता, समावेशी, समानुपातिक तथा बैठकमा सहभागी भएका सदस्यहरूको सुझावलाई ध्यानमा राखी प्राथमिकताक्रम निर्धारण गरेर सातजनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो।

वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा  धनुषाका आनन्दप्रसाद ढुंगाना, बाराका फरमुल्लाह मंसुर, सर्लाहीका नागेन्द्र कुमार, बाराका राधेचन्द्र यादव, महोत्तरीका रामचन्द्र तिवारी, पर्साका रजिन्द्रबहादुर अमात्य र रौतहटका हृदयनारायण यादवको नाम सिफारिस गरिएको कांग्रेस मधेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।

जिल्लाहरूबाट सिफारिस भएर आएको नामावली र मधेश कार्यालयमा आफैँ उपस्थित भई दर्ता गराइएको नामावलीमाथि विचार गर्दै वरिष्ठता, समावेशितालगायतसहित पार्टीमा दिएको योग्यदानको मूल्यांकन गर्दै नाम सिफारिस गरेको गुप्ताले बताए।