
साबिक उपविजेता धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को नयाँ च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलमा ललितपुरले सानदार जित निकालेको हो।
धनगढीले खेलमा अग्रता बनाएपछि ललितपुर कमब्याक गर्न सफल भएको थियो। ललितपुरको जितमा नाइेजेरियन स्ट्राइकर इमोह इजेकिएलले दुई तथा दिनेश हेन्जनले एक गोल गरे।
धनगढीका लागि नाइजेरियन स्ट्राइकर आफिज ओलावाले ओलादिपो र लेबनानी खेलाडी मोहम्मद हिजाजीले एक–एक गोल गरे। हिजाजीले इन्जुरी समयमा गोल गरे पनि त्यो जितका लागि पर्याप्त बनेन। जितसँगै ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ।