मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o पौष १४ शनिबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १४ शनिबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वरिष्ठ सहसचिव राई परराष्ट्र प्रवक्ता, सहसचिवहरूलाई कुन जिम्मेवारी ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १४ शनिबार १५:३१:oo

परराष्ट्र मन्त्रालयको प्रवक्तामा वरिष्ठ सहसचिव अमृतबहादुर राई तोकिएका छन्। परराष्ट्र सचिव सेवा लम्साल नियुक्त भएसँगै राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

राईललाई संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संघ संगठन हेर्ने महाशाखाको प्रमुखको पनि जिम्मेवारी थपिएको छ। यसअघि लम्सालले यो महाशाखाको नेतृत्व गरेकी थिइन्।

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको कार्यकाल सकेर यही वर्ष फर्केका राईले चीन हेर्ने उत्तरपूर्वी डिभिजनको नेतृत्व सम्हाल्दै आएका थिए। उनी परराष्ट्रमा सबैभन्दा वरिष्ठ सहसचिव हुन्।

राईले संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संघ संगठन हेर्ने महाशाखाको जिम्मेवारी सम्हालेपछि रिक्त उत्तरपूर्वी डिभिजनको जिम्मेवारी सहसचिव कृष्णप्रसाद ढकाललाई तोकिएको छ। ढकाल यसअघि संयुक्त अरब इमिरेट्स (युएई)मा राजदूत थिए। उनले विकास कूटनीति, नीति योजना महाशाखाको पनि नेतृत्व सम्हालेका छन्।

क्यानाडामा राजदूतको कार्यकाल सकेर फर्केका सहसचिव भृगु ढुंगानाले भारत हेर्ने दक्षिण एसिया महाशाखाको नेतृत्व सम्हालेका छन्। थाइल्यान्डमा राजदूतको कार्यकाल सकेर फर्केका सहसचिव गणेशप्रसाद ढकालले अमेरिका–युरोप डिभिजनको नेतृत्व लिएका छन्।

सहसचिव दिलीपकुमार पौडेल चिफ अफ प्रोटोकल छन् भने लक्षुमण खनालले पासपोर्ट विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका छन्। अर्का सहसचिव प्रकाशमणि पौडेल कन्सुलर सेवा विभागका महानिर्देशक छन् भने सहसचिव रिता धितालले दक्षिण पूर्वी एसिया तथा प्यासिफिक डिभिजनको नेतृत्व सम्हालेकी छिन्।

अर्का सहसचिव शरदराज आरणले सामान्य प्रशासन डिभिजन एवं मध्य, पश्चिम एसिया तथा अफ्रिका डिभिजनको नेतृत्व गरेका छन्।