१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 09 July, 2025
Invalid date format o९:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

६ जना मुख्यमन्त्रीले भेटे प्रधानमन्त्रीलाई

 संघीयता कार्यान्वयन गर्न प्रधानमन्त्री प्रतिबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१५:oo

हेटौँडा भेलापछि ६ प्रदेशका मुख्यमन्त्रीहरूले संविधानअनुसार संघीयता कार्यान्वयन गर्न अधिकार माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। शुक्रबार हेटौँडामा अन्तर प्रदेश समन्वय बैठक गरेका ७ प्रदेशका मुख्यमन्त्रीमध्ये ६ जनाले शनिबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार काठमाडौं पुगेका थिए।

मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने छैनन्। कार्यव्यस्तताका कारण मुख्यमन्त्री शाह हेटौँडाबाट शनिबार बिहान धनगढी फर्किएका छन्। हेटौँडा भेलाले गरेको ९बुँदे निर्णयसहित आफूहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा मुख्यमन्त्रीहरूले हेटौँडा भेलाको ९बुँदे ध्यानाकर्षण-पत्रसहित गत असार १५ र १६ गते पोखरामा भएको बैठकको निर्णय कार्यान्वयन गर्न माग गरेको उनले बताए। भेटमा प्रधानमन्त्री प्रचण्डले आफू संघीयताप्रति प्रतिबद्ध रहेको बताउँदै प्रदेशका अधिकार हस्तान्तरण गर्न तयार रहेको जानकारी गराएको मुख्यमन्त्री जम्कट्टेलले बताए।

प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनका लागि संघीय सरकारले आवश्यक काम थालिसकेको जानकारी पनि गराएको उनको भनाइ छ।