Skip This
नयाँ च्याम्पियन हुन धनगढी र ललितपुर प्रतिस्पर्धामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १४ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष १४ शनिबार o९:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नयाँ च्याम्पियन हुन धनगढी र ललितपुर प्रतिस्पर्धामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष १४ शनिबार o९:१४:oo

दोस्रो संस्करणको नेपाल सुपर लिगले नयाँ विजेता पाउने पक्का छ । धनगढी एफसी दोस्रो र ललितपुर सिटी पहिलोपटक फाइनल पुगेका हुन् । साबिक विजेता दोस्रो प्ले अफबाट बाहिरिएपछि सुपर लिगले नयाँ विजेता पाउन लागेको हो । दुवै टोलीका कप्तान तथा प्रशिक्षकले उपाधि जित्न सबै प्रयास गर्ने बताएका छन् । धनगढी र ललितपुरको फाइनल यात्रामा विदेशी खेलाडी नै नायक देखिएका छन् । उपाधि जित्न पनि यी दुवै टोलीका प्रशिक्षकले मैदानमा एकैपटक पाँच विदेशी खेलाडी उतार्ने सम्भावना उत्तिकै छ ।  

ललितपुरका कप्तान तथा मार्की अनन्त तामाङले पोखराविरुद्धको खेलसँगै खेलाडी मानसिक रूपमा तयार भएको बताए । ‘हामीले एक दिनको अन्तरमा फाइनल खेल्दै छौँ, यद्यपि अघिल्लो खेलमा १० खेलाडीमा ललितपुरले पोखरालाई हरायो,’ तामाङले भने, ‘धनगढीले धेरै रेस्ट पायो, हामी फाइटमा छाँै ।’ ललितपुरले निखिलसँगै विवेक पौडेल र रोशन पहारीलाई चोटकै कारण गुमाउनेछ । दोस्रो क्वालिफायर्समा ललितपुरले पोखरालाई २–१ र इलिमिनेटरमा काठमाडौंलाई ३–० ले हराएको थियो । धनगढीले चार दिन विश्रामपछि फाइनल खेल्न लागेको हो । 

धनगढीका प्रशिक्षक युगलकिशोर राईले प्रतिस्पर्धा स्तरीय हुने र भाग्यमानी टोली च्याम्पियन हुने बताए । ललितपुरका अस्ट्रेलियन प्रशिक्षक इआन आन्द्रे गिलानले २८ घण्टाको बीचमा खेल्दा समस्या हुने बताएका छन् ।