१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १३ शुक्रबार
  • Saturday, 21 September, 2024
२o८o पौष १३ शुक्रबार १o:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खलंगामा कपडा बैंक स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १३ शुक्रबार १o:५३:oo

जुम्लाको खलंगामा कपडा बैंक खोलिएको छ। एकपटक लगाइएका पुराना कपडा संकलन गर्ने गरी कपडा बैंक स्थापना गरिएको हो। लगाइएका पुराना संचित  कपडाहरू अन्य कपडाविहीन मानिसको उद्धार तथा सहयोगका लागि कपडा बैंक स्थापना गरिएको व्यवस्थापक ऋषिराम पाण्डेले बताए।

‘हामीले लगाएर पुराना भएका कपडाले कसैको आङ ढाक्नलाई ठूलो सहयोग पुग्न सक्छ,’ पाण्डेले भने, ‘त्यसैले कपडा बैंक सुरुवात गरिएको हो। जोसुकै व्यक्ति तथा व्यापारीले  पुराना, प्रयोगमा नआएका, बिक्री नभएका कपडा बैंकमा राख्न सक्नुहुनेछ ।’

उनका अनुसार कपडा बैंकमा व्यक्तिहरूले पुराना कपडा राख्ने र आवश्यक परेकाले नि:शुल्क लिन सक्ने गरी व्यवस्था मिलाइएको छ। कपडा बैंक जुम्लाको  चन्दननाथ अर्गानिक मिनी मार्केटअगाडि रहेको छ।