मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:११:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिगको फाइनल पुग्नेलक्ष्यमा पोखरा र ललितपुर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:११:oo

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज (बिहीबार) पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा दुवै टोलीको एकै लक्ष्य पहिलोपटक फाइनल प्रवेश गर्ने हुनेछ । पोखरा पहिलोपटक प्ले अफमा पुगेको हो । ललितपुर पहिलो संस्करणको इलिमिनेटरबाट बाहिरिएको टोली हो । पोखरा पहिलो क्वालिफायर्समा साबिक उपविजेता धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएको थियो । निर्धारित ९० मिनेट १–१ को बराबरी तथा अतिरिक्त ३० मिनेटको खेल पनि २–२ को बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टीमा भएको हो ।

लगातार दोस्रोपटक फाइनल स्थान सुरक्षित गरेको धनगढीले लिग चरणमा आठमध्ये मात्र तीन खेल जित्दै दोस्रो भएर प्ले अफमा स्थान बनाएको थियो । पोखराले सर्वाधिक चार खेल जितेर प्ले अफ स्थान सुरक्षित गरेको थियो । ललितपुरले साबिक विजेता काठमाडौंलाई इलिमिनेटरमा ३–० ले हराउँदै उपाधि सम्भावना कायम राखेको छ । काठमाडौंविरुद्ध ललितपुरका विदेशी खेलाडी चम्किए । काठमाडौंविरुद्ध तीनै गोल विदेशी खेलाडीको नाममा रह्यो ।  

एक–अर्कालाई कमजोर नमान्ने
यसपटक कुनै टोली कमजोर नभएको क्लबहरूको ललितपुर र पोखराका प्रशिक्षकहरूले दाबी गरेका छन् । ‘प्रतिद्वन्द्वीलाई कमजोर मान्दैनौँ,’ ललितपुरका प्रशिक्षक इआन आन्द्रे गिलानले भने, ‘सबै टोली उत्तिकै राम्रो खेलिरहेका छन्, कसैलाई कमजोर मान्ने अवस्था छैन ।’ पोखराविरुद्ध पछिल्लो खेलमा निलम्बनमा रहेका नाइजेरियन रक्षक ओमालाजा नुरैन करिम उपलब्ध हुनेछन् । पोखराका प्रशिक्षक नवीन न्यौपानले पछिल्लो खेलमा भएका कमजोरी सुधार गर्दै खेल्ने बताए । ‘धनगढीविरुद्ध आफ्नै गल्तीले पराजित हुन पुग्यौँ । कमजोरी सुधार गर्दै खेल्नुपर्छ,’ न्यौपानेले भने । 

विजेतालाई ७० लाख
दोस्रो संस्करणको विजेताले ७० लाख पुरस्कार पाउने आयोजक नेपाल स्पोर्टस् इभेन्ट म्यानेजमेन्ट प्रालिले घोषणा गरेको छ । यसपटक पुरस्कार राशि दोब्बरले वृद्धि भएको छ । गत संस्करणको विजेता काठमाडौंले ३५ लाख र उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गरेका थिए । यसपटक उपविजेताले ३५ लाख पाउनेछ । यसैगरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले गोल्डेन बलसहित दुई लाख पाउनेछन् ।