१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार २२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स बाहिरियो, ललितपुर सिटी दोस्रो क्वालिफायरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २२:३२:oo

नेपाल सुपर लिग २०२३

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । 

अब फाइनल प्रवेशका लागि ललितपुर सिटीले बिहीबार पोखरा थन्डर्सको सामना गर्नेछ । धनगढी भने पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै फाइनल पुगिसकेको छ । 

दशरथ रंगशालामा आज भएको एलिमिनेटर खेलमा ललितपुरले काठमाडौं रेजर्सलाई ३–० ले माथ दियो । इमोह इजिकिएलले दुई र पापा केबेले एक गोल गरेपछि ललितपुरसामु काठमाडौं रेजर्स निकै कमजोर बन्न पुग्यो । अन्तिम १६मिनेट भने काठमाडौं १० खेलाडीमा सीमित बन्यो । 

ad
ad