मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
कञ्चनपुरको बेलौरी नपा–१०, शिवनगरमा रहेको महाकाली सुगर मिलमा उखु बिक्रीका लागि लैजाँदै किसान ।
मोहन विष्ट कञ्चनपुर
Invalid date format ११:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कञ्चनपुरका उखु किसानका लागि ३२ करोड ६६ लाख अनुदान

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format ११:४७:oo

कञ्चनपुरका साढे पाँच हजारभन्दा बढी उखु किसानले अनुदान रकम पाउने भएका छन् । गत वर्ष उखु उत्पादन गरेबापत कञ्चनपुरका झन्डै ६ हजार उखु किसानले अनुदान रकम पाउने भएका हुन् ।कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरकी कोष नियन्त्रक सबिना वनले पाँच हजार सात सय ६३ उखु किसानका लागि ३२ करोड ६६ लाख अनुदान रकम वितरण गरिने बताइन् । उनका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा उखु बिक्री गरेबापत जिल्लाका किसानले उक्त रकम पाउने भएका छन् । 

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजकत्वमा रहेको भुक्तानी सिफारिस समितिले गरेको सिफारिसका आधारमा विभिन्न ६ बैंकमार्फत किसानले अनुदान रकम पाउने भएका हुन् । ‘केन्द्रबाट उखु किसानका लागि अनुदान वितरणका लागि अख्तियार आइसकेको छ, ‘कोष नियन्त्रक वनले भनिन्, ‘दुवै उद्योगबाट प्राप्त विवरण र सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम वितरण हुन्छ ।’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाले आर्थिक वर्ष ०७८/७९ मा उखुको समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय २० रुपैयाँ तोकेको थियो । 

केही दिनअघि मन्त्रिपरिषद् बैठकले उखु किसानको अनुदानको रकम भुक्तानी दिने निर्णय गरेको थियो । यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ निर्धारण गरिएको छ । जसअनुसार अब किसानले ७० रुपैयाँ अनुदानसहित ६ सय ३५ रुपैयाँ पाउने भएका छन् । बेलौरी नगरपालिका–१०, शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालि र पुनर्वास नगरपालिका–२, दशरथ बस्तीमा रहेको भागेश्वर केमिकल प्रालिमा गत वर्ष जिल्लाका उखु किसानले बिक्री गरेको उखुबापत यस वर्ष अनुदान रकम पाउन लागेका छन् ।