१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ९ सोमबार
  • Friday, 04 July, 2025
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८o पौष ९ सोमबार २o:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पोखरा थन्डर्सलाई टाइब्रेकरमा पन्छाउँदै धनगढी एफसी नेपाल सुपर लिग २०२३ को फाइनलमा

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ९ सोमबार २o:५४:oo

प्रतिस्पर्धात्मक म्याचमा पोखरा थन्डर्सलाई टाइब्रेकरमा पन्छाउँदै धनगढी एफसीले काठमाडौंमा जारी नेपाल सुपर लिग २०२३ को फाइनल यात्रा तय गरेको छ।

एनएसएलमा धनगढी एफसी लगातार दोस्रोपटक फाइनल प्रवेश गरेको हो। 

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल पनि बराबरी भएपछि खेल टाइब्रेकरमा प्रवेश गरेको थियो। टाइब्रेकरमा धनगढी ४–३ ले विजयी भयो।

दुईपटकको अग्रता जोगाउन नसक्दा पोखरा निराश हुन बाध्य भएको हो। पाँचौँ मिनेटमै पोखराले खेलमा अग्रता लिएको थियो। आयुष घलानले गोल गरी पोखरा थन्डर्सलाई सानदार सुरुवात दिलाए।

तर, ५४औँ मिनेटमा कप्तान देवेन्द्र तामाङले गोल गरी धनगढी एफसीलाई खेलमा फर्काए। निर्धारित ९० मिनेटको खेल एक-एकको बराबरीमा सकिएपछि ३० मिनेट थपिएको थियो। 

थपिएको खेलको १०३औँ मिनेटमा पोखराले पुनः एकपटक खेलमा अग्रता लियो। स्टेफेन कोजो पापाले सानदार गोल गर्दै पोखरालाई फाइनलतर्फको बाटो देखाए। तर, थपिएको ३० मिनेटको इन्जुरी समयमा पोखरा सम्हालिन सकेन। 

अहमद हिजाजीले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। त्यसपछि खेलको नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको हो। 

टाइब्रेकरमा धनगढीका लागि हिजाजीले पेनाल्टी मिस गरे भने पोखराका मोजेज र आयुष घलानले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन।