१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ७ शनिबार
  • Wednesday, 16 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष ७ शनिबार o६:५४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मियामीको समुद्री  किनारमा रमाउँदै बाउचार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष ७ शनिबार o६:५४:oo

टेनिसको नयाँ सिजन सुरु हुन दुई–तीन साता बाँकी छ । यसबीच खेलाडीले राम्रो ब्रेक पाएका छन् । वर्षभरि टेनिस कोर्टमा दौडधुप गरेका खेलाडी विन्टर ब्रेक समयमा घरपरिवार वा एकल यात्रामा निस्केका छन् ।

यसैक्रममा टेनिस सुन्दरी इगेनिए बाउचार्डले अमेरिकाको मियामी बिचलाई ‘होलिडे’ प्याकेज बनाएकी छिन् । लगातार खराब प्रदर्शन गरेकै कारण उनी अहिले महिला एटिपी वरीयताको दुई सय ७७औँ स्थानमा छिन् । टेनिस कोर्टमा बाउचार्डको खासै चर्चा नभए पनि यसबाहिर हुने गतिविधिले उनी चर्चामा रहेकी छिन् ।

मियामीमा होलिडे मनाइरहेकी बाउचार्ड आफ्ना केही साथीसँगै बिकिनी पोजमा देखिइन् । बाउचार्डले मियामीको बिचमा रमाइलो गरिरहेको क्षण कैद मात्र गरिनन्, सोसल मिडियामा समेत पोस्ट गरेकी छिन् ।