मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
मुख्य समाचार डिजिटल संस्करण

चाडपर्वका नाममा पोसाक किन्न लगाउने विद्यालयलाई बुढानीलकण्ठले कारबाही गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o३:oo

बुढानीलकण्ठ नगरपालिकाले चाडपर्वका नाममा नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न विद्यालयहरूलाई सचेत गराएको छ।

नगरपालिकाभित्रका विद्यालयलाई परिपत्र गर्दै नगर प्रमुख मिठाराम अधिकारीले यस्तो निर्देशन दिएका हुन्।

‘केही विद्यालयले विभिन्न चाडपर्वको नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाएको भन्ने गुनासो यस नगरपालिकामा प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।

परिपत्रविपरीत कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने नगरपालिकाले चेतावनी दिएको छ।