१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष ६ शुक्रबार १६:५५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा एक्चुरियलसम्बन्धी अन्तर्क्रिया सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष ६ शुक्रबार १६:५५:००

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिमा कम्पनीहरूको एक्चुरियल कार्यसम्बन्धी एकदिने ‘एक्चुयरिज फर टुमरो’ शीर्षकमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

पुल्चोकस्थित एलिस रेस्टुरेन्टमा भएको कार्यक्रममा नेपाल बिमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका एक्चुरी हसन वोद्रिनो स्कटद्वारा एक्चुरियल सोसाइटी अफ नेपालका सदस्यहरूलाई बिमांकी तथा अन्य बिमासम्बन्धी प्राविधिक कार्यअन्तर्गतका प्रस्तुति तथा छलफल गरिएको थियो।

नेपालको बिमा कम्पनीहरूको एक्चुरियल भ्यालुएसन, बिमालेख तयार गर्नेजस्ता प्राविधिक कार्य गर्न कम्पनीभित्रै सोसम्बन्धी अध्ययन गरेको कर्मचारी भएमा प्रभावकारी हुने कुरामा उनको जोड थियो।

स्कटद्वारा आफ्नो छोटो प्रस्तुतिमा अन्तर्राष्ट्रिय बिमा कम्पनीहरूमा एक्चुरियलसम्बन्धी गरिने कार्यसम्बन्धी ज्ञान दिनुको साथै अन्य मुलुकमा ‘रिस्कबेस्ड क्यापिटल आइएफआरएस–१७’जस्ता कार्यक्रम कार्यान्वयन गर्दा देखिएको चुनौती तथा अनुभव सुनाएका थिए। 

सो कार्यक्रमको विशेष अतिथिको रूपमा बिमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल, सुशील सुवेदी र बिमा प्राधिकरणको बिमांकी प्रेक्षा माथेमाको उपस्थिति थियो।

सो अवसरमा कम्पनीका कार्यकारी प्रमुखले नेपालमै एक्चुरीहरूको विकास भए मात्रै बिमा क्षेत्रको विकास हुने बताए। त्यसका लागि कम्पनीबाट सक्दो सहयोग हुने उनको भनाइ थियो। 

बिमा प्राधिकरणका निर्देशक सुशील सुवेदीले नेपालमा एक्चुरीहरूको अभाव रहेको, यससम्बन्धी पढाइ तथा अभ्यासमा अझ मिहिनेत गरिएमा नेपालमै एक्चुरीहरू उत्पादन तथा विकास गर्न सकिने र यस पेसाको आकर्षण बढ्दै जानेमा विश्वास व्यक्त गरे।