१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रासस साङ्घाई
२o८१ जेठ ३ बिहीबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु, १३ घाइते

Read Time : < 1 मिनेट
रासस, साङ्घाई
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:२५:oo

उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएका राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएको छ।

स्थानीय समयअनुसार घटना दिउँसोको ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागस्थित कोइला खानीमा भएको  राज्य प्रसारक सिसिटिभीले जनाएको छ।

दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएका तथा घाइतेलाई उपचारका लागि अस्पताल पठाएर घटनाको थप अनुसन्धान भइरहेको सिसिटिभीले जनाएको छ।

आधिकारिक तथ्यांकअनुसार गत वर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो। गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो।

यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो।

ad
ad