मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुरुङदम्पतीले विपन्न विद्यार्थीसँग साटे विवाह वर्षगाँठको खुसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

पछिल्लो समय विवाह, जन्मोत्सव र विवाह उत्सवलगायतको बहानामा होटेलहरूमा लाखौँ खर्च गर्ने प्रवृत्ति बढिरहेको छ। तर, गुल्मीका एक दम्पतीले यस्तो खुसी ८० जना विपन्न विद्यार्थीसँग साटेका छन्। 

ती दम्पतीले ४०औँ वैवाहिक वर्षगाँठ गुल्मीको छत्रकोट गाउपालिका- १ हुँगास्थित देवीस्थान आधारभूत विद्यालयका विपन्न बालबालिकासँग मनाएका हुन्। 

रुपन्देहीको सिद्धार्थ नगरपालिका- १२ का अमृतमान गुरुङ  र शारदा गुरुङले ती बालबालिकालाई ८० थान ट्र्याकसुट प्रदान गरे। ब्रिटिस वेलफेयर गुल्मीका प्रमुख गमबहादुर थापाको समन्वयमा उनीहरूले सहयोग गर्दै आएका छन्। 

गुरुङ परिवार लामो समयदेखि बेलायतमा बस्दै आएको छ। गत वर्ष बागलुङ जिल्लाको निसीखोला गाउँपलिका ३ को याङ्ग्म्याङ स्कुलका विद्यार्थीहरूलाई पनि गुरुङ दम्पतीले स्कुल ड्रेस प्रदान गरेका थिए। 

देवीस्थान आधारभूत विद्यालय व्यावस्थापन समिति अध्यक्ष विष्णुबहादुर गाहाले जिल्लाबाहिरका नागरिकद्वारा देशबाहिरबाट गरेको सहयोगले निकै उत्साहित भएको बताए। 

उनले अधिकांश दलित र गरिब परिवारका छोराछोरीले जाडोमा कष्ट खेपिरहेको अवस्थामा गुरुङ दम्पतीको सहयोग प्रशंसा गरे।