
सिटी एक्सप्रेस मनी ट्रान्सफरले सञ्चालन गरेको ‘विदेशबाट सिटी पठाऔँ, पठाएको भन्दा १० गुणा बढी पाऔँ’ नामक योजनाको बम्पर उपहार राजु तामाङले पाएका छन् । कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डनको उपस्थितिमा भएको विद्युतीय प्रणालीको छनोटमा साउदी अरबबाट रेमिट्यान्स पठाएका राजु तामाङले आफूले पठाएको रकमको १० गुणा रकम पाएका हुन् ।
उनले ५३ हजार ७५ रुपैयाँ पठाएकोमा त्यसको १० गुणा गरेर पाँच लाख ३० हजार सात सय ५० रुपैयाँ जितेको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै असोज १५ देखि मंसिर १५ सम्म सञ्चालन हुने गरी यो योजना सञ्चालन गरेको थियो ।
योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एकजनाले एक लाख रुपैयाँ, हरेक हप्ता पाँचजनाले जनही २५ हजार रुपैयाँका साथै ६१ दिन लगातार हरेक दिन एक सयजना विजेतालाई जनही पाँच सय रुपैयाँको वालेट टप अप पनि उपहारस्वरूप प्रदान गरेको जनाइएको छ ।
जसअनुसार ६ हजार एक सयजनाले दैनिक उपहार पाँच सय रुपैयाँको वालेट टप अप, ४५ जनाले साप्ताहिक उपहार जनही २५ हजार रुपैयाँ र दुईजनाले मासिक उपहार जनही एक लाख रुपैयाँ जित्न सफल भएको जनाइएको छ ।