Skip This
कोठालाई न्यानो कसरी बनाउने ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ३ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष ३ मंगलबार ११:३१:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोठालाई न्यानो कसरी बनाउने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष ३ मंगलबार ११:३१:oo

जाडो लाग्नासाथ कोठामा चिसो पसेर मानिस हैरान हुन्छन् । केही उपाय अपनाएर हामीले कोठालाई न्यानो बनाइराख्न सक्छौँ ।

फ्लोरिङ
सबैभन्दा धेरै चिसो भुइँबाट आउने भएकाले यसलाई मेन्टेन गर्न जरुरी हुन्छ । कोठाको रेडिमेड पार्केटिङ गर्न सकिन्छ । अहिले मेमो पार्केटिङ (सिसौको काठबाट बनेको) चलेको छ । यो केही महँगो पर्ने भए पनि लामो समयसम्म टिक्छ । नेपाली गलैँचा पनि बजारमा उपलब्ध छ । यसले पनि कोठा न्यानो बनाउँछ । ४ एमएमदेखि ६ एमएमसम्मको फोम लगाएर त्यसमाथि कार्पेटहरू ओछ्याउँदा पनि न्यानो र आकर्षक देखिन्छ । बजारमा सस्तो मूल्यमा पनि राम्रा कार्पेट पाइन्छन् ।

पर्दा
झ्यालबाट चिसो छिर्न नदिनका लागि डबल लेयर भएको, ब्ल्याकआउट पर्दा राख्नु राम्रो हुन्छ । हेभी पर्दाले बाहिरबाट आउने चिसो हावालाई छेक्छ र कोठा न्यानो हुन्छ । तर, दिनभर पर्दा लगाएर राख्नु राम्रो हुँदैन । दिउँसोे पर्दा खोलेर राख्दा प्राकृतिक प्रकाश आउन पाउँछ र कोठा न्यानो हुन्छ । 

सिलिङ
टप फ्लोरमा रहेको कोठामा फल्स सिलिङ गर्नु राम्रो हुन्छ । नत्र, स्ल्यापले चिसो तान्छ र फाल्छ पनि । फल्स सिलिङले जाडोमा चिसो र गर्मीमा अत्यधिक गर्मी हुनबाट जोगाउँछ । त्यस्तै, सिलिङमा वार्मलाइटहरू जडान गर्न सकिन्छ । 

बजारमा विभिन्न खाले वार्मलाइट पाइन्छन् । यस्ता कृत्रिम प्रकाशले मनोवैज्ञानिक रूपमा मानिसलाई न्यानो महसुस गराउँछ । रोपलाइट, वाललाइटलगायत विभिन्न प्रकारका लाइट जडान गर्न सकिन्छ ।