१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष २ सोमबार १७:०४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनी विकास बैंक र वयोधा अस्पतालबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष २ सोमबार १७:०४:००

लुम्बिनी विकास बैंकले बल्खुमा अवस्थित वयोधा अस्पतालसँग बैंकका कर्मचारी तथा ग्राहकहरूलाई स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

उक्त सुविधा वयोधा अस्पतालको बल्खुस्थित मुख्य कार्यालयबाट प्राप्त गर्न सकिने बताइएको छ। सम्झौतामा उल्लेख भएअनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध हुनेछ।

सम्झौता-पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दीपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. अरबिनकुमार साहले हस्ताक्षर गरेका छन्।