Skip This
एलपिएलको उपाधि सत्यवती एकेडेमीलाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १ आइतबार
  • Saturday, 27 July, 2024
२o८o पौष १ आइतबार o८:५o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एलपिएलको उपाधि सत्यवती एकेडेमीलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १ आइतबार o८:५o:oo

लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधि सत्यवती एकेडेमी अत्तरियाले जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार धनगढी स्पोर्टस् क्लबलाई ५ रनले पराजित गर्दै सत्यवतीले उपाधि जितेको हो ।

रोमाञ्चक खेलमा सत्यवतीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्टस्ले १९.२ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्रै बनायो । धनगढी स्पोर्टस्का वसन्त कार्कीले ३५, सुनील धमलाले २८ र अमरसिंह रौटेलाले २७ रन योगदान दिएका थिए । 

धनगढी स्पोर्टस्ले ३६ रनमा सुरुवातका ५ विकेट गुमाएको थियो । छैटाैँ विकेटका लागि वसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरेका थिए । भुवनको विकेटपछि सातौँ विकेटका लागि वसन्तले अमरसिंह रौटेलासँग ४३ रन जोडे । १८औँ ओभरमा अभिषेक कोइरालाले अमरसिंह रौटेलाको विकेट लिँदै सत्यवतीलाई खेलमा फर्काए । लगत्तै ओभरमा तृतराज दासले वसन्त कार्की र दीपक चन्दको विकेट लिए । 

जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा धनगढीको १ विकेट बाँकी रहेको थियो । उनले कसिलो बलिङ गर्दै दुई रन खर्चिए । 

प्लेयर अफ दी म्याच घोषित अभिषेक कोइरालाले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चिए । तृतराज दासले २ तथा फिर्दोस अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले समान एक १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनायो । सत्यवतीका लागि सन्दीप रजालीले सर्वाधिक ४१ रन बनाए । उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका हुन् । तृतराज दासले १३ बलमा अविजित २७ रन बनाए । फिर्दोस अन्सारीले २२, सन्तोष कार्की र समीर कार्कीले समान १० रन बनाए ।

विजेता सत्यवतीले दुई लाख ५५ हजार र उपविजेता बनेको धनगढीले एक लाख २८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र बलर धनगढीका भुवन भए । उनले पाँच खेलमा १२ विकेट लिए । शुक्लाफाँटाका किरण ठगुन्ना घोषित भए । उनले ३ खेलमा १३४ रन बनाएका थिए । उदीयमान खेलाडी कैलालीका सुधांशु रावल घोषित भए ।