१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

पूर्वसांसद तथा स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी अभियन्ता डा. दीपकप्रकाश भट्टलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:१२:oo

डा. गोविन्द केसीको अनशन र स्वास्थ्य विज्ञान विश्वविद्यालयको समस्या के हो ?  
डा. गोविन्द केसीले विभिन्न समयमा अनशन गर्दै आउनुभएको छ । तर, उहाँका अनशनकै परिणामस्वरूप नेपाली विद्यार्थीले नेपाली मेडिकल कलेज तथा इन्टिच्युटहरूमा पढ्न नपाएर विदेश जान बाध्य हुनुपरेको अवस्था छ । पछिल्लो समयमा देशभर नन क्लिनिकल कोर्स पढाउने इन्स्टिच्युटहरू एक सय ५० को संख्यामा हुँदा सुदूर पश्चिममा एउटै थिएन । बल्ल एक सय एकाउन्नौँ इन्स्टिच्युटका रूपमा डडेलधुरामा पढाइ सुरु भएको छ । २१ मेडिकल कलेजमध्ये सुदूरपश्चिममा एउटै छैन । स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि सुदूर पश्चिममा एउटै छैन । यस्तोमा सुदूर पश्चिममा एउटा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न खोज्नु गलत होइन । 

डा. केसीका माग र अनशनले तपाईंहरूको अभियानमा धक्का लाग्न सक्ने देखिन्छ नि ?
सुदूर पश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने विषयमा कसैले विरोध गर्नुपर्ने कारण देखिन्न । डा. केसी स्वयं उपकुलपति बनेर आउनुहुन्छ भने पनि हाम्रो कुनै आपत्ति हुनेछैन । विश्वविद्यालयसँगै यहाँ ६ सय शैयाको अस्पताल सञ्चालन हुँदा यस क्षेत्रका जनताले नै सहज र सुलभ स्वास्थ्य सेवा पाउने हुन् । हामी विश्वविद्यालय बनाउने भनिरहेका छौँ । तर, डा. केसी प्रतिष्ठानका नाममा सानो र साँघुरो संस्था बनाउने माग गर्दै हुनुहुन्छ । उहाँले यसमा किन हात हाल्नुभयो ? थाहा भएन । 

यसको समाधान कसरी हुन सक्ला त ?
स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक अहिले राष्ट्रिय सभाको विधायन समितिमा छ । गेटामा विश्वविद्यालय सञ्चालन गर्न सकिने पर्याप्त संरचना रहेको संसदीय अध्ययनले पनि पुष्टि गरिसकेको छ । त्यसैले, यसमा विरोध र विवाद गर्नुको अर्थ छैन । 

ad
ad