Skip This
सरकारले गर्नुपर्ने काम मानव सेवा आश्रमले गरेको छ : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका मकवानपुर
२o८o पौष १ आइतबार o८:४८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सरकारले गर्नुपर्ने काम मानव सेवा आश्रमले गरेको छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८o पौष १ आइतबार o८:४८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धर्मका नाममा मठमन्दिर धाएर भेटी र चन्दा दिनुभन्दा मानवसेवा आश्रमद्वारा सञ्चालित मन्दिरहरूमा भेटी र चन्दा दिन आग्रह गरेका छन् । मानवसेवा आश्रमको हेटौँडा उपमहानगरपालिका– ९ स्थित नवनिर्मित भवनको शनिवार उद्घाटन गर्दै उनले मानव सेवाभन्दा अर्को ठूलो धर्म नभएको बताए ।

‘मानवताभन्दा ठूलो अर्को धर्म छैन । मानव सेवा आश्रमले सरकारले गर्नुपर्ने कामको नेतृत्व गरेको छ । यसमा हामी सबैको सहयोगको खाँचो छ । त्यसकारण मानव सेवा आश्रमको अभियानलाई सरकारले अभिभावकत्व प्रदान गर्छ,’ प्रचण्डले भने । उनले मानवसेवा आश्रमले ०८२ भित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्रनिर्माणको लक्ष्य लिएको भन्दै त्यसमा सरकारले सहकार्य गर्ने आश्वासन दिए । उनले आश्रमलाई चाहिने आर्थिक, भौतिक र नैतिक समर्थन दिन सरकार प्रतिबद्ध रहेको भनाइ राखे । 

‘सरकारले गर्नुपर्ने काम एकजना रामजी अधिकारीबाट सुरु भई राष्ट्रव्यापी बनेको छ । मानवताको यो कर्ममा सरकार मानव सेवा आश्रमसँगै रहेको अनुभूति हुने गरी आवश्यक आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने । उनले आश्रममा आश्रित प्रत्येक व्यक्तिको भरणपोषणका लागि सरकारले प्रतिव्यक्ति १० हजार र मानवसेवा आश्रमका सातवटै प्रदेशमा सहयोगापेक्षी मानवहरूको उद्धार गर्न आवश्यक सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले मानव सेवा आश्रमलाई नियमित सहयोग गरिरहेको जानकारी दिए । उनले आश्रम व्यवस्थापनका लागि प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट विनियोजन भएको बताए । 

प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, हेटौँडा उपमहागरपालिकाका कार्यवाहक मेयर राजेश बानियाँले मानव सेवा आश्रमले सुरु गरेको सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्रनिर्माणको लक्ष्यलाई सरकारका तीनै तहका सरकारले अपनत्व लिनुपर्ने बताए । उनीहरूले बागमती प्रदेशलाई सडकमानव मुक्त बनाउन आफूहरूको पूर्ण सहयोग रहने बताउँदै राज्यलाई नै सडक मानवमुक्त बनाउने अभियानमा केन्द्र सरकारको पहलकदमी लिनुपर्नेमा जोड दिए । 

१३ भदौ ०६९ मा स्थापना भएको मानव सेवा आश्रमको केन्द्रीय कार्यालयको नवनिर्मित भवन १३ करोड ८१ लाख ६६ हजार रुपैयाँ लागतमा निर्माण भएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।