१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टेलिकमको तार चोरी गर्ने दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:४८:oo

नेपाल टेलिकमको कपर केबुलका तारहरू चोरी गरेको आरोपका कास्की प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिकाअन्तर्गत विभिन्न स्थानमा रहेका बिजुलीका पोलमा रहेका टेलिकमको कपर केबुलका तार चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा– २५ हेम्जा बस्ने वर्ष ५८ का लालबहादुर नेपाली र भारत मोतीहारी बिहार स्थायी घर भई हाल पोखरा २५ हेम्जा बस्ने वर्ष ३९ का श्यामनाथ जैसवाल रहेको थापाले जानकारी दिए ।

तार चोरको खोजतलास गर्दै जाने क्रममा बिहीबार राति ८ बजेको समयमा पोखरा महानगरपलिका– १९ लामाचौरस्थित गोस्ते जाने सडकखण्डमा सोही दिशातर्फ जाँदै गरेको ग.२च ५३६ नम्बरको मारुती सुजुकी कारलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा तार फेला परेको वडा प्रहरी कार्यालय वगरका प्रमुख बोधराज रेग्मीले जानकारी दिए ।

प्रहरीले कारको पछाडिको सिट तथा डिक्कीमा टुक्रा–टुक्रा रोलिङ गरेको अवस्थामा एक सय मिटर पेएरको एक सय ५३ मिटर, ७० पेएरको १३ मिटर, ५० पेएरको २८ मिटर, ३० पेएरको एक सय चार मिटर र २० पेएरको ३३ मिटर गरी जम्मा तीन सय ३१ मिटर कपर केबुल तार फेला परेको रेग्मीले जानकारी दिए । पक्राउ परेकाहरूलाई बिहीबार अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
 

ad
ad