१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न महानगर र काठमाडौं विश्वविद्यालयबीच नीतिगत सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४५:oo

सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले काठमाडौं विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको छ। 

सोमबार भएको प्रमुखस्तरीय निर्णयअनुसार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको रोहवरमा मंगलबार शिक्षा अधिकारी सीताराम कोइराला र विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

महानगरपालिकाले चालू आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’लाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ। योजनामा टिचर कलेज कार्यक्रम समावेश छ। यो कार्यक्रममा शिक्षकहरूको क्षमता विकास तालिम उपलब्ध गराइने बताइएको छ।

कार्यक्रममा शिक्षकसँगै शैक्षिक गुणस्तर सुधारमा योगदान गर्न चाहने व्यक्तिहरू सहभागी हुन सक्नेछन्। यसरी सञ्चालन हुने तालिममा दिइने प्रमाणपत्रलाई वृत्ति विकासका लागि योग्यता मानिनेछ।

सम्झौताबमोजिम शिक्षामा सीप, पुस्तकरहित शुक्रबार तथा बाल सञ्जाल गठन तथा सशक्तीकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सीप विकास कार्यक्रम, शिक्षण सिकाइ पेडागोजीमा सुधार, विद्यार्थीको नतिजा सुधार र प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नतिका लागि सहकार्य हुनेछ। कार्यक्रम विश्वविद्यालयको स्कुल अफ एजुकेसनमार्फत कार्यान्वयनमा आउने महानगरले जनाएको छ।

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले, असल नागरिक उत्पादन गर्न महानगरपालिकाले शिक्षा सुधारका लागि लगानी गरेको बताइन्। उनले भनिन्, ‘एउटा होइन, सबै सामुदायिक विद्यालय नमुना हुनुपर्छ । नानीबाबुलाई विद्यालय पठाउने वेला हरेक अभिभावकको मनमा सामुदायिक विद्यालयको चित्र आउने बनाउनुपर्छ।

त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले शैक्षिक सुधार कार्यक्रमसँगै विद्यालयको पूर्वाधारका लागि हरित विद्यालय कार्यक्रम कार्यान्वयनमा रहेको जानकारी दिए।

महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दुई हजार दुई सय दुईजना शिक्षक अध्यापनरत छन्।