Skip This
नेपाल भारतसँग १० विकेटले पराजित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २६ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २६ मंगलबार १४:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल भारतसँग १० विकेटले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २६ मंगलबार १४:३६:oo

एसिसी यू- १९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। 

आज दुबईको आइसिसी एकेडेमी ओभल– २ भएको खेलमा नेपालले दिएको ५३ रनको झिनो लक्ष्य पछ्याएकाे भारतले सात ओभर एक बलमा विनाक्षति पूरा गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२ ओभर एक बलमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाउन सक्यो। 

नेपालका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।  हेमन्त धामीले सर्वाधिक आठ रन बनाए। यस्तै, अर्जुन कुमाल र दीपक बोहरा समान सात, गुल्सन झा र दीपेश कँडेल समान चार, कप्तान देव खनाल र सुवास भण्डारी समान दुई, दीपक बोहरा एक तथा उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए। यस्तै, आकाश चन्द चार रनमा नटआउट रहे। 

बलिङतर्फ भारतका राज लिम्बानीले नाै ओभर एक बलमा सात विकेट लिए। यस्तै, आराध्य शुक्लाले दुई आर्सिन कुलकर्णीले एक विकेट लिए।

लगातार तेस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। नेपाल प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो।