१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रभु क्यापिटलका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:o२:oo

प्रभु क्यापिटलका हितग्राही ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । क्यापिटलले आफ्ना ग्राहकलाई छुट दिलाउने उद्देश्यले रिसोर्टसँग सम्झौता गरेको हो । सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा रिसोर्टका मार्केटिङ डाइरेक्टर सुरज विष्टले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले आगन्तुक रिसोर्टबाट सेवा लिँदा सबै सेवामा १५ प्रतिशत छुट पाउने जनाइएको छ । छुट अफर २३ मंसिर ०८१ सम्म लागू हुने जनाइएको छ । 

छुट पाउनका लागि हितग्राही ग्राहकले रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो आइडी कार्ड देखाउनुपर्ने र यसका आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिने उल्लेख छ ।

बनेपा नगरपालिकाको भ्युटावर मार्गमा रहेको आगन्तुक ७२ रोपनीमा फैलिएको छ । चार वर्षअघि मात्र स्थापना भएको यो रिसोर्ट बुटिक स्टाइल चार स्टार डिलक्स रिसोर्टका रूपमा उत्कृष्ट सेवा प्रदान गर्ने एक प्रमुख रिसोर्ट बनेको दाबी गरिएको छ । 

ad
ad