१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ठूलो बुवासँग पैसा असुल्न गोली चलाउने पौडेलसहित तीन पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३७:oo

मकवानपुर प्रहरीले शनिबार नातामा आफ्नै ठूलो बुबा पर्नेसँग पैसा माग्ने उद्देश्यले घरमा गोली प्रहार गर्नेसहित तीनजनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३३ वर्षका निश्चल पौडेल, सोही स्थानका ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रीतम क्षेत्री रहेका छन्।

पक्राउ परेका निश्चल पौडेलले पैसा असुल्ने उद्देश्यले आफ्नै ठूलोबुबा हेटौँडा उपमहानगरपालिका– ९ बस्ने सूर्यप्रसाद श्रेष्ठ (सुरेश)को घरमा गोली प्रहार गरेका थिए। उनले मंसिर १९ गते साँझ पौडेलको घरमा गोली प्रहार गरेका थिए।

हेटौँडा उपमहानगरपालिका– ४ मा रहेको डेराबाट प्रहरीले पक्राउ परेका अभियुक्तहरूको साथबाट सेमिअटोमेटिक पेस्तोल एक थान, २० राउन्ड गोली, हतियार सफा गर्ने रड एक थान, लागुऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ २.४०० ग्राम, लागुऔषध तौल गर्ने डिजिटल तराजु दुई थान, पाँच थान मोबाइल, ५० हजार नगद र दुई थान मोटरसाइकल बरामद गरेको छ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूले मंसिर १९ गते सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरे पनि घरमा भएकाहरूले छिमेकमा भइरहेको विवाह समारोहमा पटका पड्काएको भन्ने ठानेकाले उक्त दिन घटना सार्वजनिक नभएको बताए।

भोलिपल्ट बिहान घरबाहिर र छिमेकमा समेत पड्किएको गोलीको खोकाहरू फेला परेपछि गोली प्रहार भएको घटना बाहिरिएको थियो। उनीहरूले पौडेलको घरमा सातपटकसम्म गोली प्रहार गरेको अनुसन्धानबाट देखिएको प्रहरी प्रमुख रिजालले बताए। 

रिजालका अनुसार पक्राउ परेका अभियुक्तहरूले घटनाको भोलिपल्ट फोन गरेर एक करोड माग गरेका थिए। उनीहरूले पौडेललाई एक करोड नदिए जे पनि हुन सक्ने चेतावनी दिएका प्रहरी प्रमुख रिजालले बताए।

प्रहरीले उनीहरूलाई लागुऔषधको कारोबार, ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने जनाएको छ। प्रहरी प्रमुख रिजालले आइतबार अदालतमा पेस गरी म्याद थप गराएर अनुसन्धान प्रक्रिया अघि बढाउने जानकारी दिए।