१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १६:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभा कारागारका कैदीलाई निर्माण व्यवसायीले दिए खसी उपहार

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १६:५९:oo

खाँदबारी कारागारका कैदीलाई निर्माण व्यवसायी संघले खसी उपहार दिएको छ। शुक्रबार एक कार्यक्रमबीच नेपाल निर्माण व्यवसायी संघ संखुवासभाले खाँदबारी कारागारका कैदीबन्दीहरूलाई खसी उपहार दिएको हो।

१६औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा चियापानसहित कैदीलाई खसी प्रदान गरेको निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष सन्तोष राईले जानकारी दिए।निर्माण व्यवसायी संघका सल्लाहकार तथा पदाधिकारीहरू कारागार पुगी जेलर राजेन्द्र घिमिरेलाई खसी हस्तान्तरण गरेका थिए। 

चियापान तथा खसी हस्तान्तरण कार्यक्रममा निर्माण व्यवसायी संघ संखुवासभाका सल्लाहकार संयोजक मिगुर शेर्पा, निवर्तमान अध्यक्ष कुलबहादुर श्रेष्ठ, कार्यसमिति अध्यक्ष सन्तोष राईलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। निर्माण व्यवसायी संघले कैदीहरूलाई बर्सेनि खसी दिने गरेको छ।

खाँदबारी कारागारमा हाल आठ महिला र एक सय २२ पुरुष गरी एक सय ३० कैदीबन्दी रहेका छन्।