
अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच वार्ता भएको छ।
बिहीबार भएको वार्तामा दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमबारे छलफल गरेको बताइएको छ।
राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाहको महत्त्वमा विशेष जोड दिएका थिए।
ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपतिले नागरिकको सुरक्षा गर्न र नागरिकलाई हमासबाट अलग्गै राख्न महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको विषयमा जोड दिनुभएको छ।’
राष्ट्रपति बाइडेनले प्यालेस्टिनीविरुद्ध गरिएको चरमपन्थी हिंसाका विषय र वेस्ट बैंकमा स्थायित्व बढाउनुपर्ने आवश्यकताबारे जोड दिएको बताइएको छ। दुवै नेता नियमित छलफलमा बस्न सहमत भएका छन्।