
केशव पाण्डेको कथा तथा निर्देशनमा चलचित्र ‘११ः५५’ निर्माण हुने भएको छ।
चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतको अभिनय रहनेछ।
निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको चलचित्र क्राइम, थ्रिलर विधामा निर्माण हुने बताइएको छ। चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सहनिर्माता रहेका छन्।
चलचित्रको कथा दमदार रहेको निर्देशक पाण्डेको दाबी छ। उनी भन्छन्, ‘यो चलचित्रमा कथा नै स्टार हो। यहाँ कलाकारभन्दा पनि पात्र देखिनेछन्।’
चलचित्रमा प्रद्युमन मिश्रको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, सायद कार्कीको मुख्य सहायक निर्देशन र सुवासराज काफ्लेको प्रोडक्सन डिजाइन रहनेछ।
३५ दिनको सेड्युल तय भएको चलचित्रको छायांकन आउँदो शनिबारबाट सुरु हुनेछ।