१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १८:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २६ देशका ५४ चलचित्र देखाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:२९:oo

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा मंसिर २३ गतेदेखि २६ सम्म हुने भएको छ। ‘सामूहिक अधिकार’ नारासहित हुन लागेको महोत्सवको ११औँ संस्करण चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ।

महोत्सवको उद्घाटन लाइभ सांगीतिक कार्यक्रमसहित काठमाडौंको नेपाल पर्यटन बोर्डमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गर्नेछन्। महोत्सवको उद्घाटनमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन गरिनेछ। 

विश्वभरिबाट खुला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्रहरू प्रदर्शन गरिनेछ।

यसपटक महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहेका छन्। महोत्सवमा जुरीले छानेका पाँच विधाका  चलचित्रहरुलाई नगदसहित पुरस्कार प्रदान गरिने छ। त्यस्तै महोत्सवमा एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीच बहस हुनेछ। यसवर्ष महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिका अधिकार : अन्तर्राष्टिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा प्यानल छलफल पनि राखिएको छ। साथै महोत्सवा मानवअधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि हुनेछ।

महोत्सवको समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शन हुनेछ।

पाण्डव खत्री, निर्देशक
पाण्डव खत्री, निर्देशक

महोत्सवका निर्देशक पाण्डव खत्री सामाजिक न्याय र मानवअधिकार प्रवद्र्धनका उद्देश्यले सुरु गरिएको महोत्सवको ११औं संस्करण आयोजना हुनु मुलुककै लागि गर्वको विषय भएको बताउँछन्। महोत्सवले नेपाली चलचित्र र चलचित्रकर्मीलाई ‘एक्सपोजर’को अवसर मात्रै होइन, मानवअधिकारको विषयलाई थप सशक्त बनाउनसमेत भूमिका खेलेको उनको भनाइ छ।

‘महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानवअधिकारकर्मीबीच सिनेमा र मानवअधिकारको विषयम बहस गर्दै आइरहेका छौँ। महोत्सवले स्वदेशी तथा विदेशी चलचित्रकर्मी र मानवअधिकारकर्मीबीच अन्तरक्रियाको अवसर प्रदान गर्छ,’ उनी भन्छन्।

पछिल्लो समय विश्वमा युद्ध अपराध, मानवताविरुद्धको अपराध, मानवअधिकारको उल्लङ्घन, विभिन्न समूह र समुदायप्रति हुुने विभेद बढ्दै गएकाले यस्तो महोत्सवको सान्दर्भिकता झन् बढेको खत्रीको भनाइ छ।

यस वर्षको महोत्सव मुख्य रुपमा ‘सामूहिक अधिकार’को विषयमा केन्द्रित रहेकाले त्यस्ते विषयवस्तुका चलचित्रहरु छनौट गरिएको बताउँदै खत्री थप्छन्, ‘यसवर्ष महोत्सवका लागि ८७ देशबाट ९ सयबढी चलचित्रको आवेदन आएका थिए। महोत्सवमा लैगिंकता, जातीय विभेद, द्वन्द्व, बासाइँसराई, पर्यावरण, मानवअधिकारजस्ता विषयमा बनेका चिलचित्रहरु प्राथमिकतामा परेका छन्।’

ad
ad