Skip This
एनसेल प्रकरणमा गगन भन्छन्– राजनीतिक वा प्रशासनिक नेतृत्वको साथविना यति ठूलो अनियमितता सम्भव छैन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 13 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २१ बिहीबार १७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एनसेल प्रकरणमा गगन भन्छन्– राजनीतिक वा प्रशासनिक नेतृत्वको साथविना यति ठूलो अनियमितता सम्भव छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १७:२६:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा गठित समितिले छानबिन निष्कर्षमा पुर्‍याउनेमा आशंका व्यक्त गरेका छन्।

समिति बने पनि ठीक हुन्छ भन्ने अवस्था नरहेको भन्दै थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत सशक्त खबरदारी आवश्यक रहेको टिप्पणी गरेका हुन्।

राजनीतिक वा प्रशासनिक नेतृत्वको साथविना यति ठूलो अनियमितता हुन नसक्ने दाबी गर्दै उनले यसमा संलग्नहरू छानबिन प्रभावित गर्न लाग्नसक्ने तर्फ सचेत गराएका छन्।

‘समिति बन्यो सबै ठीक हुन्छ भन्ने अवस्था छैन। कानुनको छिद्र दुरुपयोग गरेर यस्तो गरेको प्रस्ट देखिन्छ। यसमा बदनियत छ, किनकि पहिला पनि पटक-पटक यस्तो गरेका दृष्टान्त छन्,’ थापाले लेखेका छन्, ‘राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाईकन यत्रो अनियमितताको हिम्मत आउँदैन। जसको आडमा यो भएको छ र जो प्रत्यक्ष–परोक्ष संलग्न छन्, अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन्।’

सुन तस्करी काण्डदेखि भुटानी शरणार्थी काण्डसम्म दलका शीर्ष नेताहरूबीच पर्दाभित्र मिलेमतोका प्रयास भएको भन्दै महामन्त्री थापाले यो प्रकरणमा त्यस्तो हुन नदिन सरकारभित्र, दलभित्र र बाहिरबाटसमेत सशक्त खबरदारी गर्न आग्रह गरेका छन्।

 

ad
ad
ad
ad