१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर २१ बिहीबार १५:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एआइटिएम कलेजले नेपालमै बेलायती विश्वविद्यालय युएचआईका कोर्स सञ्चालन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १५:५९:oo

बेलायती विश्वविद्यालय, युनिभर्सिटी अफ हाइल्यान्ड एन्ड आइल्यान्ड (युएचआई) र ललितपुरस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (एआइटिएम कलेज)बीच सम्झौता भएको छ।

युएचआईका स्नातक र स्नातकोत्तरका शैक्षिक कार्यक्रमहरू बिएचएम, बिबिए, बिएस्सी कम्प्युटिङ र एमबिए एआइटिएम कलेजले सञ्चालन गर्ने गरी सो सम्झौता भएको हो।

दुईपक्षीय सम्झौताका लागि युएचआईकाे तीन सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको थियो। युएचआईका तर्फबाट क्रेग लेनोक्स, जिल एल्डर र हेलेन डाओगले नोभेम्बर २५ देखि डिसेम्बर १ सम्म एआइटिएम कलेजमा अवलोकन, छलफल तथा परामर्श गरेका थिए।

आइटिएम कलेजका कार्यकारी अधिकृत डा. रोशन राठीका अनुसार एआइटिएम कलेजले नेपाली विद्यार्थीलाई बेलायती शिक्षा स्वदेशमै प्रदान गर्नेछ। ‘स्कटल्यान्डमा अवस्थित बेलायती प्रसिद्ध विश्वविद्यालय युएचआईका कोर्स नेपाली विद्यार्थीलाई स्वदेशमै बेलायतकै सुविधासहित सुलभ शुल्कमा पढ्ने अवसर एआइटिएम कलेजले बनाएको छ,’ उनले भने, ‘अर्को कुरा स्कटिस विश्वविद्यालय युएचआई पनि यहाँ नयाँ शैक्षिक संस्था हो।’

युएचआई र एआइटिएम कलेजबीचको साझेदारीले विद्यार्थी र दुवै शैक्षिक संस्थाका संकायबीच पनि एक्सचेन्ज प्रोग्रामहरू हुने जानकारी डा. राठीले दिए। एआइटिएम कलेजले यसअघि पनि अन्तर्राष्ट्रिय स्तरका विभिन्न कोर्स सञ्चालन गर्दै आएको छ।