१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २१ बिहीबार १५:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ज्योति विकास बैंककाे प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १५:४९:oo

ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको ४७१औँ बैठकले ढकाललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल यही मंसिर २० गतेदेखि लागू हुने गरी ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ढकाल यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा आबद्ध थिए। चार्टर्ड एकाउन्टेन्ट रहेका ढकालसँग डिलोइट इन्डिया, आइसिआइसिआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआइसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेको अनुभव छ।

उनी एनआइसी एसिया क्यापिटल लिमिटेड र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि हुन्।