१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o मङ्सिर २१ बिहीबार १३:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङमा धान उत्पादन बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १३:४१:oo

लमजुङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बिउ लगाएकाले यस वर्ष धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको  छ।

केन्द्रका सूचना अधिकारी विजय पौडेलका अनुसार यस वर्ष नाै हजार तीन सय ८८ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ३० हजार नाै सय ८६ मेट्रिकटन धान उत्पादन भएको छ।

गत वर्ष सोहीबराबरको क्षेत्रफलमा लगाइएको धानखेतीबाट ३० हजार ६ सय ९८ मेट्रिकटन  धान उत्पादन भएको थियो। धानखेतीको क्षेत्रफल नबढे पनि उत्पादन केही मात्रामा बढेको सूचना अधिकारी पौडेलले बताए।

विशेष गरी लमजुङको धमिलिकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, हाँडेटारलगायतका क्षेत्र धानको पकेट क्षेत्र मानिन्छ। यहाँका किसानले रामधान, सुनौलो सुगन्ध, सुक्का २, साबित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रको साथमा लोकनाथ, गोरखनाथ, युएस ३१२, उपज, मकवानपुर, बर्खे ३००४, मनसुलीलगायतका हाइब्रिड जातको धान लगाउँदै आएका छन्।