Skip This
नबिलमा मेसिनबाट चेक क्लियरिङ गर्नेे सुविधा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २१ बिहीबार १२:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिलमा मेसिनबाट चेक क्लियरिङ गर्नेे सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १२:१३:oo

नबिल बैंकले किओस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आउटवार्ड क्लियरिङ चेक ग्राहक आफैँले किओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्ने सुविधा ल्याएको हो । 

यो सुविधा सञ्चालनमा आएसँगै ग्राहकले आफ्नो समयअनुकूल कार्यालय समयबाहेकका समयमा पनि विनाझन्झट चेक डिपोजिट गर्न सक्ने बैंकले जनाएको छ । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्वस्फूर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरूले पूर्ण रूपमा लाभ लिने बैंकले विश्वास व्यक्त गरेको छ । 

हाललाई यो सुविधा काठमाडौं उपत्यकामा ६ र उपत्यकाबाहिर चार गरी १० वटा शाखामा उपलब्ध रहेको जनाइएको छ । बैंकका अनुसार उपत्यकाभित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँबानेश्वर, न्युरोड र कुलेश्वर शाखाबाट तथा उपत्यकाबाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा उपलब्ध छ । बैंकले हाल देशभरमा दुई सय ६६ शाखा, १९ एक्सटेन्सन काउन्टर र तीन सय १० एटिएम मेसिनमार्फत सेवा दिँदै आएको जनाएको छ ।