Skip This
सानो स्पेसमा बिरुवा हुर्काउने उपाय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २१ बिहीबार १o:४९:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सानो स्पेसमा बिरुवा हुर्काउने उपाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १o:४९:oo

सहरका घरमा बगैँचा बनाउने पर्याप्त स्पेस हुँदैन । थोरै क्षेत्रफलमा बनेका घरमा करेसाबारी बनाउन पनि मुस्किल छ । त्यसैले फलफूलका बिरुवा लगाउन र हुर्काउन केही कुरामा ख्याल गर्नुपर्ने हुन्छ । 

ठूला जातका बिरुवालाई सानो क्षेत्रफल वा गमलामा हुर्काउन सकिँदैन, तर हाइब्रिड जातका र कलमी गरिएका फलका बिरुवालाई सानो क्षेत्रफलमा सजिलै हुर्काउन सकिन्छ । कलमी गरेर सुन्तला, मुन्तला, कागती, भोगटे, चेरी, जुनार, मौसम, आँप, आरू, आरुबखडा, कागतीलगायत फलका बिरुवा गमलामै पनि रोप्न र फलाउन सकिन्छ । अर्थात्, कलमी गरेर एउटै रुखमा धेरै थरीका फल फलाउन मिल्छ ।

चिसो मौसममा बिरुवाको हेरचाहमा पनि विशेष ध्यान दिनुपर्छ । जाडो मौसममा बिरुवाको इनर्जी कम हुन्छ । बिरुवामा विभिन्न प्रकारका भाइरसले संक्रमण गर्न सक्छ । माटोबाट विभिन्न प्रकारका भाइरस रुखमा सर्छ । जसले गर्दा हाँगा कमजोर हुन्छ । त्यसैले हाँगा बलियो बनाउने औषधिको प्रयोग गर्नुपर्छ । 

बिरुवामा हड्डी धुलो, गाईवस्तुको मल, पिनाको धुलो मिसाएर हाल्नुपर्छ । जसले गर्दा बिरुवालाई स्वास्थ राख्न र फल फलाउन सहयोग पुग्छ । मंसिर र पुसमा बिरुवामा मल हालेपछि फागुन लाग्दा फल फल्छ ।  

तुसारोले नखाने तथा प्राकृतिक प्रकाश आउने ठाउँमा गमला राख्नुपर्छ । फल फल्ने बिरुवालाई घाम लाग्ने ठाउँमा राख्नुपर्छ ।  बिरुवा वरपर चारैतर्फ पर्याप्त खाली स्पेस राख्न सके बिरुवाको हेरचाह गर्न सजिलो हुन्छ । जाडोमा बिरुवालाई धेरै पानी दिनुहुँदैन । हप्तामा एकपटक मात्रै पानी हाल्नु राम्रो हुन्छ ।